दफा १७२
हाडनातामा विवाह गर्न नहुने

(१) कसैले परम्परा अनुसार चली आएको अवस्थामा बाहेक हाडनाता करणीमा सजाय हुने नातामा विवाह गर्न वा गराउन हुँदैन।
(२) उपदफा (१) बमोजिमको विवाह थाहा नपाई भएको रहेछ भने त्यस्तो विवाह बदर हुनेछ ।
(३) उपदफा (१) बमोजिमको विवाह जानीजानी भएको रहेछ भने त्यस्तो विवाह गर्नेलाई हाडनाता करणीको कसूरमा हुने सजाय रगराउनेलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ र त्यस्तो विवाह स्वतः वदरहुनेछ ।